काठमाडौं / बैतडीमा केही दिन अघि एक युवतीको घाटी रेटी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बैतडीको पञ्चेश्वर गाउँपालिका –४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको हो । हत्या आरोप लागेका शिवनाथ गाउँपालिका –४ बस्ने २७ वर्षीय कोली घटनापछि फरार रहेका थिए । मृतक किशोरीका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएका थिए ।
मायाको गत बुधबार दिउँसो शिवनाथ गाउँपालिका –६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।
यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् ।