काठमाडौं / नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बुधबार दुई सय रुपैयाँले बढेर सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन ५ सय रुपैयाँले बढेको हो । आज तेजाबी सुनको मूल्य ९७ हजार ६ सय कायम गरिएको हो ।
यस्तै, सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार ३३० पुगेको हो ।