एजेन्सी / पछिल्लो २४ घन्टामा चीनमा ४० हजार भन्दा बढि मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । सरकारको कोभिड सम्बन्धी कडा नीतिका बाबजुद सङ्क्रमितको संख्या ह्वात्तै बढेको हो । उनीहरूमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षण विहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको हो ।
चीनमा पछिल्लो समयमा कोभिड संक्रमितको संख्या तीब्र ढंगले बढिरहेको छ । कोभिड निषेधाज्ञा सुरु भएपछि राजधानी बेइजिङ र वित्तीय हब सांघाइमा जम्मा भएका सयौँ प्रदर्शनकारीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेका छन् ।