झापा / दोलखाका १० वटा मतदान केन्द्रमा पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो । 

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार यही मंसिर १५ गते निर्वाचन हुने भएको हो । निर्वाचन आयोगले दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निकालेपछि ती केन्द्रहरूमा पुनः मतदान गराउन लागिएको हो ।