उदयपुर / रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राई साइबर क्राइम मुद्दामा पक्राउ परेका छन । एक महिलाको व्यक्तिगत सम्बन्धको बारेमा सामाग्री बनाई युट्युबमा लगायत सामाजिक सञ्जालमा हालेको अभियोगमा राईलाई उदयपुर प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।
पीडित महिलाको उजुरी तथा काठमाण्डु जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीको आधारमा राईलाई पक्राउ गरिएको उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयलले जानकारी दिए ।
एसपी फुयलका अनुसार राईले गत साउनमा आफ्नो युट्युब च्यानलबाट एक महिलाको चरित्र हत्या र सामाजिक नैतिकता विरुद्धको कार्य गरेको भनी दिएको उजुरीको आधारमा पक्राउ गरि साइबर व्यूरो काठमाण्डौ पठाइएको छ ।
शनिबार साँझ उदयपुर सदरमुकामा गाईघाटबाट पक्राउ परेका राईलाई आइतबार काठमाण्डौ जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । राई रेडियो नेपाल उदयपुर संवाददाता, प्रेस सेन्टरका प्रदेश सचिव र फोटो पत्रकार महासङ्घको केन्द्रीय सचिवको जिम्मेवारीमा छन ।