झापा / मोरङ  क्षेत्र नं- ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी) का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विनोद ढकाललाई २४ हजार चार सय ६३ मतमा रोकेर मोदी विजयी बनेका हुन् ।

त्यसैगरी निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार मोरङ ४ ९२० बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार चार सय ७९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का जीवन घिमिरे नौ हजार छ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।