एजेन्सी / रिचार्लिसनले दुई गोल गरेपछि उपाधिको मुख्य दाबेदारको रुपमा कतार पुगेका ब्राजिलले फिफा विश्वकप फुटबलको पहिलो खेलमा सर्बियालाई २ - ० ले पराजित गरेको छ ।
समूह जी अन्तर्गत लुसे स्टेडियममा भएको खेलमा रिचार्लिसनले दुवै गोल दोस्रो हाफमा गरेका थिए । पहिलो हाफमा सरब्याले ब्राजिललाई गोल रहित बराबरीमा रोक्न सफल भएको थियो । तर दोस्रो हाफमा रिचार्लिसन चम्किए । उनले ६२ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।
त्यसको ११ मिनेटपछि उनले व्यक्तिगत दोस्रो गोल गरे जुन आफैँमा उत्कृष्ट थियो । भिनिसियस जुनियरको पासमा पेनाल्टी बक्समा रहेका रिचार्लिसन त्यसलाई कन्ट्रोल गर्दै बाइसाइकल किकमार्फत गोल गरे ।