काठमाडौँ / डाक्टर सुनिल कुमार शर्माले नेतृत्व गरेको बिराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यस बर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको सम्मानित भएको छ ।
११ औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आर्थिक बर्ष २०७७ र७८ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट कर तिरेवापत नोवेल मेडिकल कलेज सम्मानित भएको हो । कलेजले गत आर्थिक वर्षमा १६ करोड ६६ लाख आय कर तिरेको थियो । यो भ्याट र टिडिएस बाहेकको रकम हो ।
नोवेल मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा भागेन्द्र प्रसाद उपाध्यायले राम्रो सेवा दिदै सर्वाधिक आयकर तिर्ने संस्था बन्न पाउदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । जनतालाइ गुणस्तरिक सेवा संगै राज्यलाइ सवैभन्दा कढी आय कर तिर्ने संस्था बन्दा गर्व लागेको छ ।
उपाध्यायले भने “सरकारको नियम पालन गरेर सर्वाधिक आय कर तिर्ने संस्था बन्न पाउनु खुसी र गौरवको बिषय हो” डाक्टर सुनिलकुमार शर्माको कुशल नेतृत्व र राष्ट्रप्रतिको इमान्दारिताले यो सम्भव भएको भन्दै उपाध्यायले यो सम्मानले थप उर्जा बढेको र आगामी दिन पनि यो विश्वासलाइ कायम राख्नेगरि काम गर्ने बताए । नोबेल मेडिकल कलेज विराटनर यस अघिपनि दुई पटक शिक्षा र स्वास्थ्य क्षेत्रवाट सार्वाधिक आयकर तिर्ने संस्थाको रुपमा सरकारबाट सम्मानित भइसकेको छ ।