बिर्तामोड / झापा क्षेत्र नम्बर ३ (१) नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी निर्वाचित भएका छन् । राजवंशीले निवर्तमान प्रदेशसभा सदस्य तथा नेकपा एमालेका वसन्त बानियाँलाई एक हजार ६८ मतान्तरले पराजित गरेका हुन् ।
गठबन्धनबाट साझा उम्मेदवार बनेका राजवंशीले २० हजार ७५६ मत ल्याएका छन्, भने राप्रपासँग चुनावी तालमेलबाट उम्मेदवार बनेका १९ हजार ७१८ बानियाँले मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषण गर्न बाँकी रहेको छ ।