बिर्तामोड / झापा क्षेत्र नम्बर ३ मा राजेन्द्रप्रसाद लिङदेनले अग्रता कायम गरिरहेकै छन् । यता नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला मतान्तर घटाएका छन् । पछिल्लो मतगणना अनुसार राजेन्द्रप्रसाद लिङदेनले १८ हजार १३४ मत ल्याउँदा सिटौलाले १५ हजार ४२७ मत ल्याएका छन् ।
लिङदेन भन्दा सिटौला २ हजार ७०७ मतले पछि परेका छन् । यस क्षेत्रमा १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसेको थियो । हालसम्म ३८ हजार २१२ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।