झापा / सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका-१६ बस्ने ४५ वर्षीय कन्हाई चौधरी र महोत्तरीको बर्दिवास नगरपालिका ६ बस्ने २५ वर्षीय सुनिल आले मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई मलङ्गवा अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका- १२ जङ्गलमा प्रदेश नं २-०३-००४ प ७८८४ र ज ११ प ८१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर सोमबार साँझ दुर्घटना भएको थियो ।

मोटरसाइकलमा पछाडि सबार कलैया नगरपालिका ३ ब्रम्हपुरी बस्ने ३२ वर्षीय अजय कुमार पटेल, २४ वर्षीया रुबिना तामाङ र २४ वर्षीया युवराज राई घाइते भएका छन् ।

घाइतेको स्थानीय स्तरमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए ।