झापा / निर्वाचन आयोगले एमालेका उम्मेदवार सूर्य थापालाई आचारसंहिता उल्लंघन गरेको विषयमा स्पष्टीकरण सोधेको छ । मीनबहादुर बुढा (भेलुबाजे) लाई रु दुई हजार दिई आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने व्यहोराको समाचार प्रकाशन भएको विषयमा आयोगले शुक्रबार थापासँग २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
स्पष्टीकरणमा भनिएको छु निर्वाचन आचारसंहिताका व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बूढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होइन ? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लङ्घनमा तपाईंलाई किन कारवाही हुनु नपर्ने हो ?’ आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न पनि थापालाई निर्देशन दिएको छ ।