विराटनगर / विराटनगर ३ स्थित पुष्पमार्गमा बमजस्तै देखिने शंकास्पद वस्तु डिस्पोज गरिएको छ । थलाहा नेपाली सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गरेको हो ।

बिहान ६ः३० बजे तिर पुष्पलाल चौकदेखि दक्षिणतिर पुष्पमार्गमा शंकास्पद एउटा झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

OM Sai Pathibhara Hospital

सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाइएको थियो । शंकास्पद वस्तुभित्र कपडा, मोबिल फेला गरेको तर बम नभएको बम डिस्पोज टिमले पुष्टि गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । 

उक्त शंकास्पद कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि त्यस्ता वस्तु राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।