झापा / भक्तपुरमा २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधान रहेका छन् । प्रधानले २०७८ चैत ३० गतेदेखि विभिन्न स्थानमा र अन्तिम पटक गत कात्तिक १० गते मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरस्थित पीडितकै कोठामा गएर बलात्कार गरेको आरोप छ ।

बलात्कार गरी फरार भएका उनलाई उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले  काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।