झापा  / निर्वाचन आयोगले ४ मङ्सिरमा परिचय पत्र हराएपनि भोट हाल्न पाउने व्यवस्था गरेको छ । 

परिचय पत्र हराएपनि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा, सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाण भएमा भोट हाल्न पाउने व्यवस्था गरेको हो । 

OM Sai Pathibhara Hospital

आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए पनि कतिपय मतदाताको परिचयपत्र हराएको र नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।