काठमाडौं / निर्वाचन मिति नजिकिएसँगै काठमाडौं उपत्यकाका फरक-फरक ३ स्थानमा शंकास्पद वस्तु फेला परेका छन् । प्रहरीका अनुसार ललितपुरको जावलाखेल, काठमाडौंको हाँडीगाउँ र बूढानीलकण्ठमा शंकास्पद वस्तु फेला परेको हो । जावलाखेल स्टाफ कलेज अगाडि राखिएको प्रेसर कुकर बम भने नेपाली सेनाको टोलीले  निष्क्रिय पारिसकेको  छ ।

ललितपुर–३ को सत्ता गठबन्धनको सम्पर्क कार्यालय नजिकै बम फेला परेको प्रहरीले जनाएको छ । त्यस्तैगरी काठमाडौंको हाँडीगाउँ र बूढानीलकण्ठमा पनि शङ्कास्पद वस्तु फेला परेको थियो । यही मंसिर ४ गते हुने आम निर्वाचन बिथोल्ने उद्देश्यले यो गतिविधि गरिएको हुनसक्ने प्रहरीको भनाइ छ ।