झापा / जुम्ला खलङ्गा देखि तातोपानी ८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रतिर निर्वाचन सामग्री बोकेर जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ । भे १ च २१८८ नम्बरको जिप तातोपानी -४ रावत बाडामा एक्कासि अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप सडकदेखि २० मिटर तल खसेको छ ।

दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, नेपाल प्रहरीका सई सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र एकजना कार्यालय सहयोगी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी हवल्दार चन्द र प्रहरी जवान विष्ट गम्भीर घाइते भएको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

अहिले घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी, डीएसपी नरेन्द्र चन्द सहितको टोली अस्पताल पुगेको छ ।