काठमाडौं / क्षेत्र नम्बर -१ मा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नेकपा एमालेलाई सघाउने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा नेकपा एमालेका उम्मेदवारहरूलाई राप्रपा नेपालले सघाउने भएको हो । यो क्षेत्रमा एमालेबाट प्रतिनिधि सभातर्फ युवा नेता किरण पौडेल उम्मेदवार छन् ।
काठमाडौं १ मा प्रतिनिधि सभा र प्रदेश सभातर्फका दुवै क्षेत्रमा एमालेले उम्मेदवारलाई सघाउने सहमति भएको राप्रपा नेपालका अध्यक्ष श्याम घिमिरेले बताए । घिमिरेले प्रतिनिधि सभामा राप्रपा नेपालकी उम्मेदवार शान्ति केसी तथा प्रदेशसभा तर्फ १ का द्वारिकानाथ ढुंगाना र २ का उम्मेदवार सविना श्रेष्ठको पनि उम्मेदवारी निष्क्रिय गरिएको बताए ।