बिर्तामोड / झापामा मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आज (बिहीबार) अर्थात मंसिर १ देखि ५ गते सममका लागि मदिरा बिक्रीवितरण र ओसारपसार गर्न रोक लगाएको जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार सो आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने छ ।