झापा / निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ को प्रदेशसभा (२) बाट लोकतान्त्रिक समाजवादी नेपाल पार्टीका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले निजको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ । कसुरदार वा कैफियत ठहरिएमा जुनसुकै समयमा पनि उम्मेदवारी खारेजी गर्ने अधिकार आयोगलाई हुनेछ ।