झापा / नेत्रविक्रम चन्द (बिप्लप ) नेतृत्वको नेकपा चितवनका कार्यकर्ताले चितवन क्षेत्र नम्बर -२ का नेपाली काङ्ग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड गरेका छन् । चुनावी प्रचारमा रहेको बेला भरतपुर महानगरपालिका -१० पुरानो मेडिकल कलेज नजिक रेडक्रस चोकमा रहेको बा ३ च २०५० नम्बर को गाडीमा तोडफोड भएको हो ।
डीएसपी नरहरि अधिकारीले घटनाको छानबिन सुरु गरिएको छ । घरदैलो गर्ने क्रममा पार्किङ गरिराखेको गाडीमा मोटरसाइकल चढेर आएका ६ जनाले इँटा प्रहार गरेको गाडीका चालक जितबहादुर रानाले बताए । गाडीको अगाडिको सिसामा क्षति पुगेको छ । भाइजर पनि फुटेको छ । उक्त गाडि अगाडि रहेको प्रदेश ३-०१- २४ च ९०६१ नम्बरको निसानको म्याग्नेट गाडीको सिसा पनि फुटाएका छन् ।