बिर्तामोड / आसन्न मंसिर ४ को निर्वाचनलाई लक्षित गरी झापा जिल्लामा ३ हजार ४ सय ७१ जना म्यादी प्रहरी खटिदै छन । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन कुशलता पर्व सम्पन्न गराउन निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमनि पोखेरले जानकारी दिए । २०७९ असोज ३० म्यादी प्रहरीको रुपमा नियुक्त भई तालिम समेत सम्पन्न गरिसकेका म्यादी प्रहरीलाई आफ्नो जिम्मेवारी इमान्दारिता पूर्वक निर्वाह गर्न निर्देशन दिइएको छ ।