झापा / विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघको निकायले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वको जनसंख्या ८ अर्ब पुगेको हो ।
सन् २०२३ भित्र चीनमा भन्दा भारतमा सबैभन्दा धेरै जनसंख्या हुने प्रक्षेपण गरिएको छ । ११ वर्षको अवधिमा विश्वको जनसंख्या १ अर्ब नाघेको राष्ट्रसङ्घले जनाएको छ ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले मातृ तथा बाल मृत्युदरमा कमी तथा औसत आयुमा वृद्धि भएको बताएका छन् । विश्वको जनसंख्या ९ अर्ब पुग्न १५ वर्ष लाग्ने प्रक्षेपण गरेको छ । साथै विश्वको जनसंख्या ९ अर्ब पुग्न अब १५ वर्ष लाग्ने प्रक्षेपण भएको छ ।
चीनको जनसंख्या १ अर्ब ४५ करोड २४ लाख ४७ हजार ७५१ छ भने भारतको जनसंख्या १ अर्ब ४१ करोड ७१ लाख ७३ हजार १ सय ७३ छ । सन् १९०० मा विश्व जनसंख्या एक अर्ब ६० करोड थियो, सय वर्षपछि सन् २००० सम्म आइपुग्दा ६ अर्ब पुगेको थियो ।