बिर्तामोड / प्रहरी झापाको मेचीनगर नगरपालिकाबाट अवैध कपडा कपडा सहित अटोलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची भन्सार कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित भट्टराई चोकबाट नेपालतर्फ ल्याइदै गरेको अवैध सामानसहित अटो नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आई रोकी राखेको प्र १–०१–००१ ह ८३५५ नम्बरको अटोलाई शंका लागेर चेकजाँच गर्दा अवैध रुपमा भन्सार छलेर ल्याइएको ५८ हजार २०० रुपैयाँ मूल्य बराबरको जाडोमा लगाउने कपडा बरामद भएको छ । 

OM Sai Pathibhara Hospital

बरामद भएका कपडाहरुमा टोपी २८२ थान, बच्चाको ट्राउजर ३०० थान फेला परेकोले नियन्त्रणमा लिएर सामान र अटोलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका (प्रवक्ता) डीएसपी बसन्त पाठकले जानकारी दिए ।