बिर्तामोड / मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मितिभन्दा ७२ घण्टा अघिदेखि झापा जिल्लाका सबै सीमा नाका बन्द हुने भएका छन् । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, एवम् भयरहित वातावरणमा सम्पन्न गराउनका लागि जिल्ला प्रशासन कार्यालय झापाले सीमा नाका बन्द गर्ने भएको हो ।
मंसिर १ गते राती १२ बजे देखि ४ गते राती १२ बजेसम्मलाई सम्पूर्ण नाकाहरू बन्द हुने प्रशासनले एक सूचना मार्फत सबैमा जानकारी गराएको छ । काँकडभिट्टा, भद्रपुर, केचना, झापा, गौरीगञ्ज लगायतको नाका बन्द हुनेछ ।