काठमाडौँ / निर्वाचन आयोगले ४ मङ्सिरमा हुने चुनावको ४८ घण्टाअघिदेखि प्रचारप्रसार नगर्न दल र उम्मेदवारलाई सचेत गराएको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) बमोजिम तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि गतिविधि गर्न नपाइने विषयमा राजनीतिक दल तथा उम्मेदवारलाई जानकारी गराउने आयोगले निर्णय गरेको छ । उक्त व्यवस्थाको पूर्ण पालना गर्न गराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई आयोगले निर्देशन दिएको छ ।