काठमाडौं / पाकिस्तानलाई हराउँदै अष्ट्रेलियामा जारी आईसीसी टी -२० विश्वकपको उपाधि इङ्ल्याण्डले जितेको छ । पाकिस्तानले दिएको १३८ रनको मध्यम लक्ष्य इङ्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्‍यो । इङ्ल्याण्डलाई जिताउन बेन स्टोक्सले अर्धसतकीय इनिङ्स खेले । उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५२ रनमा नटआउट रहे । 

यस्तै जोश बट्लरले २६ रन बनाउँदा ह्यारी ब्रुकले २० रन बनाए । १७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । मोइल अलीले १२ बलमा १९ रन बनाए । फिल साल्ट १० रनमा आउट हुँदा एलेक्स हल्स १ रनमा बोल्ड भए । यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो । उसका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाए । २८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे ।

OM Sai Pathibhara Hospital

यस्तै कप्तान बाबर आजमले ३२ रन बनाए । २८ बल खेलेका बाबरले २ चौका प्रहार गरे । शादब खानले १४ बलमा २ चौकासहित २० रन जोड्दा ओपनर तथा विकेटकिपर मोहम्मद रिजवान १५ रनमा आउट भए ।  युवा ब्याटर मोहम्मद हरिसले ८ रन बनाए । मोहम्मद नवाज ५, मोहम्मद वासिम जुनियर ४ र शाहिन शाह अफ्रिदीले ५ रन बनाए । इफ्तिखार अहमद शून्यमा क्याच आउट भए ।

इंग्ल्यान्डका लागि साम करनले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। स्पिनर आदिल राशिदले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चिएर २ विकेट लिए । बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । क्रिस जोर्डनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।