झापा / मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अवसरमा नेपाल टेलिकमले  एक  विशेष अफर ल्याएको छ । सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजता साथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले यो निर्वाचन अफर ल्याएको हो । 

यस अफर मार्फत सस्तो दरमा डाटा र भ्वाइस प्याकहरू उपलब्ध गराइएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा रु २९४ मा उपलब्ध रहेको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने  जम्मा रु ९८ मा उपलब्ध गराइएको छ ।

OM Sai Pathibhara Hospital

एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक पनि जम्मा रु ४९ मा उपलब्ध हुने टेलिकमको भनाइ छ ।  यी प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिने प्रवक्ता शोभन अधिकारीले जानकारी बताए । यो अफर आजदेखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ । यो सेवा लिनका लागि मोबाइलबाट एस्ट्रे १४१५ एस्ट्रह्याजकी डायल वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी पाउन सकिने छ  ।