झापा / जापानमा एक नेपाली युवकको मृत्यु भएको छ । अध्ययनका लागि जापान पुगेका नुवाकोटका १८ वर्षीय प्रवीण नेपालको बिहीबार मृत्यु भएको हो । दुई महिनाअघि जापानको रयोग़ोकु स्टेसनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनरत उनी मङ्गलबारसम्म विद्यालयमा नियमित अध्ययनका लागि गइरहेका युवक बिरामी भएको जानकारी गराइएको थियो ।

नियमित अध्ययनका लागि नगएपछि साथीहरूले खोज्दा कोठामा मृत भेटेका हुन् । कन्सल्टेन्सीमार्फत मृत्युबारे परिवारलाई जानकारी गराइएको साथीहरूले बताएका छन् । आवश्यक अनुसन्धानका लागि युवकको शव प्रहरीले अस्पतालमा राखेको छ ।