झापा / बर्दियाको मधुवन नगरपालिका -८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो । मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ ।
जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए । बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया पठाइएको छ । बाघको मृत्युको कारण परीक्षण पछि मात्र खुल्ने छ ।