धादिङ / जिल्ला अदालत धादिङले गुण्डा नाइके राधा कृष्ण भण्डारी ‘राधे’ लाई पुर्पक्षका लागि जेल चलान गरेको छ । 

बिहीबार जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले उनीसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

गत कात्तिक १ गते धादिङ बेसिस्थित विचबजारमा निलकण्ठ नगरपालिका वडा नम्बर ४ घर भएका भीम गुरुङमाथि राधेले खुकुरी प्रहार गरेका हुन् ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका उपाध्यक्ष समेत रहेका राधे र उनका समुहले गुण्डागर्दी गर्दै आएका छन् । यो समुहले केही समयअघि एक रेष्टुरेन्ट मालिकलाई निर्घात कुटपिट गरेको थियो ।