काठमाडौं / भन्सार छली चोरी पैठारी गरी ल्याएको २ थान सवारी साधन सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-९ पलासे ठेगाना भएका २६ वर्षीय रविन ओझा रहेका छन् ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूमा भन्सार छली चोरी पैठारी गरी ल्याएका सवारी साधन बिक्री गर्ने उद्देश्यले राखिएको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सोही नगरपालिका -९ पलासेबाट टोएटा कम्पनीको कार १ थान र सोही नगरपालिका -८ आदर्शचोकबाट फोर्ड कम्पनीको जिप १ थान  सहित उनलाई पक्राउ गरेको हो ।

बरामद भएको सवारी साधन सहित उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौं पठाइएको छ ।