झापा / मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्याइएको छ ।
निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधिसभा तर्फ १६५ तथा प्रदेशसभा तर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो ।
मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको र अब त्यहाँबाट हरेक मतदान केन्द्रमा मतपत्र पुर्याइने आयोगले जनाएको छ ।
संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि दुई–दुई वटा मतपत्र छापिएका छन् । प्रत्यक्षका लागि ३ करोड ९७ लाख ८९ हजार ५ सय र समानुपातिकका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र छापिएको हो ।
देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् ।






































