झापा / प्रतीक्षित नेपाली फिल्म‘ नाइँ नभन्नु ल ६’ वैशाख १ गतेदेखि प्रर्दशनमा आउने भएको छ । निर्देशक तथा निर्माता विकासराज आचार्यले कुरा गर्दै वैशाख १ गते फिल्म रिलिज गर्ने औपचारिक निर्णय भएको जानकारी दिए । उनले भने, ‘हामी १ गते आउने निधो भयो । हामी स्वस्थ प्रतिस्पर्धा गर्न चाहन्छौ,’ आचार्यले भने । एक सातादेखि झापाको बिर्तामोडमा छायांकन भइरहेको फिल्म अझै २० दिन फ्लोरमै हुनेछ । आँचल शर्मा, आशीर्वाद बराल, आयुषा तामाङ अहिले बिर्तामोडमा फिल्मको सेटमा छन् ।
‘नाइँ नभन्नु ल ६’ को छायांकन स्थल बिर्तामोडमा निर्देशक विकास आचार्य, अभिनेत्री आँचल शर्मा लगायत चुनावको लागि तीन दिन छायांकन रोकिने जानकारी निर्देशक आचार्यले दिए । बिर्तामोडबाट फर्किएर बाँकी छायांकन काठमाडौंमा गर्ने योजना छ । निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले पटकथा लेखनमा सहकार्य गरेका छन् । आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपानेले फिल्म निर्माण गर्न लागेका हुन् ।