झापा / प्रधानमन्त्री शेरबहादुर देउवाले गएराति गएको भूकम्पबाट प्रभावित भएकाहरूलाई तत्काल राहत वितरण, घाइतेको उपचार र उद्धारमा खटिन निर्देशन दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

साथै, प्रधानमन्त्री देउवाले भूकम्पमा परी मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै परिवारमा समवेदना प्रकट गरेका छन् । गएराति खप्तड क्षेत्र केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी डोटीको पूर्वचौकी -३ मा ६ जनाको मृत्यु भएको छ ।