झापा / धरान उपमहानगरपालिकाले आज मंगलबार सार्वजनिक बिदा दिएको छ । कात्तिके पूर्णिमा (बराहक्षेत्र मेला) का अवसरमा उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले आज विज्ञप्ति निकालेर उपमहानगरपालिकाभर मंगलबार सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् । विद्यालय, क्याम्पस, वडा कार्यालय, अत्यावश्यकबाहेक स्वास्थ्य सेवा लगायतका कार्यालयमा बिदा दिइएको हो ।