बिर्तामोड / झापाको मेचीनगर -९ मा रहेको लिफ प्लस प्रालि दुनाटपरी उद्योगमा आइतबार राती आगलागी हुँदा करिब २ करोड बराबरको क्षति भएको छ । उद्योगले सुपारीको सुकेका पातलाई कच्चापदार्थका रुपमा प्रयोग गरेर आकर्षण दुना, टपरी, थाल, बटुका, चम्चा लगायतका सामान उत्पादन गर्दै आएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त थापाका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ । मेचीनगर, भद्रपुर, बिर्तामोड, कमल र दमकको दमकलले आज बिहान मात्र आगलागी नियन्त्रण भएको उद्योगका सञ्चालक हरि दाहालले बताए ।