बुटवल / रूपन्देहीको देवदह नगरपालिका –५ स्थित पाल्पाली टोलका एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । 

३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर घर भित्र चुकुल लागेको अवस्थामा सोमबार बिहान मृत फेला परेका हुन् ।

OM Sai Pathibhara Hospital

हेमकलाको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र बोलिन्द्रको  शव पंखामा झुण्डिएको अवस्थामा रहेको देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुले जानकारी दिए । 

बोलिन्द्र वैदेशिक रोजगारीबाट छुट्टीमा घर आएका थिए । उनले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।