काठमाडौँ / नेपाल वायु सेवा निगमका पाइलट विजय लामा कार्वाहीमा परेका छन् । नागरिक उडड्यन प्राधिकरण (क्यान) ले लामालाई आइतबार ग्राउण्डेड गर्ने निर्णय गरेको हो । 

क्यानका महानिर्देशक प्रदिप अधिकारीले उनलाई कारवाही गर्नुको साथै लामाको मलेसिया भ्रमण समेत रद्द गर्ने निर्णय गरेका छन् ।

OM Sai Pathibhara Hospital

लामा सेफ्टी इक्युपमेन्ट इमर्जेन्सी तालिमका लागि आइतबार मलेसिया जाने तयारीमा थिए । उनलाई कति दिन सम्मको लागि ग्राउण्डेड गरिएको भन्ने अझै खुलाइएको छैन ।

चर्चित एभियसन ब्लगर सम चुईलाई विना अनुमति जहाजको ककपिटमा लगेको भन्दै लामालाई कारवाही गरिएको हो । चोई केही दिनअघि नेपाल भ्रमणमा आएका थिए ।

दुबईबाट काठमाडौं आउने क्रममा उक्त फोटो र भिडियो खिचिएको हो । उनले लामासँग ककपिटमा खिचेको फोटो र भिडियो सामाजिक सञ्जालमा राखेका थिए । त्यसपछि आइतबार नै रुटिङ नेपालले उक्त फोटो आफ्नो भाइबर ग्रुप र फेसबुक पेजमा राखेको थियो ।