झापा / काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुलीमा खस्दा  १९ जना घाइते भएका छन् । शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका -१० हुग्दिखोलास्थित त्रिशूली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।

बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल खसेको खत्रीले बताए ।  उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाएको छ । बस त्रिशूली किनारमै रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको थियो ।

OM Sai Pathibhara Hospital