कानेपोखरी / मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा मोरङ क्षेत्र नं ३ मा चुनावी माहोल रोमाञ्चक बन्दै गएको छ । मोरङ क्षेत्र नं ३ मा काङ्ग्रेस/एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिरहँदा यस पटक राप्रपाले समेत दुई ठूला पार्टीलाई कडा चुनौती दिने देखिएको छ ।
अघिल्लो पटक जितेका सांसदले केही नगरेपछि अहिले मतदाताले विकल्पको रुपमा रेखाप्रति आकर्षित हुन थालेका हुन । अघिल्लो पटकको निर्वाचनमा पुराना विजयी बनेका नेताले जनतालाई दिएको आश्वासन पुरा गर्न नसक्दा दुई ठुला राजनीतिक दलप्रति मतदाता आक्रोशित बन्दै गएका छन् । गत स्थानीय तहको चुनबले परिवर्तनको पक्षमा अनपेक्षित नतिजा ल्याएसँगै यश क्षेत्रमापनी परिवर्तनको पक्षमा जमात देखिन थालेको छ ।
अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले सुकुम्बासी वस्तीको समस्या समाधान गर्न नसक्दा मोरङ क्षेत्र नं ३ का करिब एक हजार घर परिवारले हस्ताक्षर संकलन अभियान अगाडि बढाएका छन् । क्षेत्र नं ३ का कानेपोखरी, बेलबारी र पथरिशनिश्चरे नगरपालिकामा बस्ने सुकुम्बासी वस्तीका घरपरिवारले यस पटक रेखालाई मत हाल्ने र दबाब स्वरूप आफ्नो हस्ताक्षर संसद भवनामा पुर्याउन आग्रह गर्दै हस्ताक्षर उक्त संकलित हस्ताक्षर रेखा थापालाई बुझाएका छन् । यस क्षेत्रमा ३५ देखी ४० हजारको हाराहारीमा सुकुम्बासी रहेका छन् ।