बिर्तामोड / आदर्श स्कुल अफ म्यानेजमेन्टले सुरुवाती कोठा नेपाल झापा तथा एन एम बि बैकको सहकार्यमा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।आदर्श कलेजकी एकेडेमिक कोर्डिनेटर विजया भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
विद्यार्थीलाई बैक तथा वित्तीय संस्था ,बचत गर्ने बानी ,बैकको महत्त्व , बाल बचत ,आधुनिक बैकिङ प्रणाली इत्यादिको बारेमा जानकारी प्रदान गराउने उद्देश्यले कार्यक्रमको सञ्चलन गरिएको कोर्डिनेटर भण्डारीले जानकारी दिइन् ।
उक्त कार्यक्रममा एन एम बि बैंकका कर्मचारी सरोज अधिकारी, दिव्या लुँइटेल र आदर्श स्कुल अफ म्यानेजमेन्टका ७० जना विद्यार्थी को सहभागिता रहेको थियो।
तालिम संयोजक दीपक दासले सञ्चालन गरेको कार्यक्रमको सहजिकरण एन एम बि बैंक चन्द्रगढी शाखाका प्रमुख विश्वास आचार्य तथा कर्मचारी आशिष तिम्सिनाले गरेका थिए ।
विद्यार्थीलाई प्रोत्साहन, सचेतना र सशक्तीकरण गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको र आगामी दिनमा पनि वित्तिय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै जाने कार्यक्रम संयोजक दासले जानकारी दिए ।