झापा / वीरगञ्जमा कन्टेनरको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बिहार राज्य गोपालगन्ज जिल्ला, बरैली थाना बरैली बस्ने ३० वर्षीय अशोक यादव रहेका छन् । बिहीबार साँझ साढे ६ बजे वीरगञ्ज महानगरपालिका -२५ आईसीपी २ नम्बर गेटको पार्किङ क्षेत्रमा उनलाई कन्टेनरले ठक्कर दिएको थियो ।

दुवै खुट्टा कन्टेनरले किचेर घाईते भएपछि यादवलाई उपचारका लागि एलएस न्युरो हस्पिटलमा उपचारका लागि लगिएको थियो ।एलएस हस्पीटलमा प्रारम्भिक उपचारपछि नेशनल मेडिकल कलेज वीरगञ्जमा लगिएकोमा राति ८ बजे अस्पतालले यादवको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

यादव पनि सवारी चालक हुन् । पीबी १२ एम ८१४९ नम्बर को ट्रक पार्किङ गरी पैदल हिँडिरहेको समयमा उनलाई एनएल ०१ एडी ४७३८ नम्बरको कन्टेनरले ठक्कर दिएको थियो । कन्टेनर सहित चालक भारतको युपी राज्य, बरैली जिल्लाा सि डी जंग थाना बस्ने ५० वर्षीय अजद रजालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।