झापा / भारत सरकारले निर्वाचन आयोगलाई ८० वटा सवारीसाधन उपहार दिएको छ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि ८० वटा सवारी साधन भारतले नेपाललाई उपहार दिएको हो ।
एक समारोहका बीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्कारपियो गाडीको साँचो प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई धन्यवाद समेत दिएका छन् ।
नेपाल र भारतबीच लामो समयदेखि रहेको मित्रताबारे उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, द्विपक्षीय सहयोग र सहकार्यमा आधारित भएको बताए ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्राप्त सवारीसाधनले निर्वाचनको व्यवस्थापनमा सहयोग पुग्ने छ।