काठमाडौँ / १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार र बिहीबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो ।
बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, रमन श्रेष्ठ र अधिवक्ता सुवास पाठकले बहस गरेका थिए । प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । बहस सकिएपछि थुनछेक आदेश जारी हुनेछ । अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्नेछ ।