बिर्तामोड / विराटनगरको एक कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर -५ का ५४ वर्षीय रौदी चौधरी रहेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार विराटनगर -४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा चौधरीको मृत्यु भएको हो । ग्यास लिक हुँदा निसास्सिएर बेहोस भएका चौधरीको उपचारका क्रममा विराट नर्सिङ होममा दिउँसो २ बजे मृत्यु भएको श्रेष्ठले बताए ।