पर्वत / पर्वतको कुस्मास्थित हार्नेस् जिपलाइनका विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी प्रभु बैंकसँग सम्झौता सम्पन्न भएको छ। प्रभु बैंकमा खाता खोली बैङ्किङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरूले हार्नेस् जिपलाइनद्वारा सञ्चालित जिपलाइन सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने भएका छन् ।
बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु राना मगर र हार्नेसका तर्फबाट अध्यक्ष विदुर पौड्यालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । हार्नेस्मा प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा छुट पाइनेछ ।