बिर्तामोड / मोरङको बुढीगंगा गाउँपालिका -२ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर -६ का ३० वर्षीय राम मण्डल रहेका छन । हिजो बेलुका ४ बजे मण्डलले घर निर्माणको लागि बाँस काट्ने क्रममा बाँसले विद्युतको हाइटेन्सन तारमा  छुन पुग्दा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाईते भएका  मण्डलको विराट मेडिकल कलेज गङ्गा चोकमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।

OM Sai Pathibhara Hospital