झापा / झापाको दमक नगरपालिका –१० आमबाडी बस्ने दियुस श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १५ वर्षीय प्रतीक बराइली र १६ वर्षीय सरोज परियार रहेका छन् । 

उर्लाबारी नगरपालिका –६ चन्द्रमा चौक बस्ने १७ वर्षीय सरोज बस्नेत, सोही वडाको वानडाँडा बस्ने १६ वर्षीय सन्देश खवास, १७ वर्षीय विकास तामाङ, पानी ट्याङ्की बस्ने १६ वर्षीय मन्जिल माझी, तरुण चोक बस्ने १६ वर्षीय सपन खत्री भने प्रहरीले सोमबार बिहानै पक्राउ गरेको थियो ।  

OM Sai Pathibhara Hospital

मोरङको उर्लाबारी नगरपालिका –७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न गएका श्रेष्ठमाथि आइतबार राति अन्दाजी १०ः३० बजेको समयमा छुरा प्रहर भएको थियो । 

छुरा प्रहारपश्चात् गम्भिर घाइते भएका श्रेष्ठको सोमबार बिहान बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलनजङ्ग थापाले जानकारी दिए । 

श्रेष्ठको हत्यामा संलग्न किशोरहरूको समुहबीच जम्काभेट हुँदा पुरानो रिसइबी साँध्न उनीहरूले छुरा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।