बिर्तामोड / झापामा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर दमक -५ का ४८ वर्षीय रणबहादुर खड्काको मृत्यु भएको हो । आइतबार बेलुकी ७ बजे शिवसतासी - १ धरमपुरका कुशल लिम्बूको घरमा मे १ ह ७२६० नम्बरको सिटी सफारीमा दमकबाट फर्निचरको सामान लिएर पुगेका सफारी चालक खड्काले पुगेका थिए ।
सामान झार्ने क्रममा एक्कासि सिटी सफारी गुडेर सफारी चालक खड्कालाई किचेको थियो । सिटीले किचेर बेहोस भएका उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचारका क्रममा राति नै ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।